सोमबार, असार २,२०८२ 07:52:25
  • सोमबार, असार २,२०८२ 07:52:25
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकले व्यक्तिगत र संस्थागत मुद्दतीको ब्याजदर घटायो, कुनमा कति कायम ?

Hyundai Nepal
ग्लोबल आइएमई बैंकले व्यक्तिगत र संस्थागत मुद्दतीको ब्याजदर घटायो, कुनमा कति कायम ?
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती दुवै तर्फको निक्षेपको ब्याजदर घटाएको छ ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७ प्रतिशत कायम गरेको छ । चैत महिनामा बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.६० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ५.५० प्रतिशत,६ महिनादेखि १ वर्षका लागि ६ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले संस्थागत निक्षेपतर्फ वैशाख महिनाका लागि अधिकतम ६ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ । चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.६० प्रतिशत ब्याजदर प्रदान गरेको थियो । 

बैंकले वैशाख महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत र १ वर्षदेखि माथिका लागि ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.