काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य गत शुक्रबारको तुलनामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ९६ हजार १ सय रुपैयाँ कायम थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५३ हजार रुपैयाँ कायम भएको छ ।
यो दिन चाँदीको भाउ भने बढेको छ । चाँदी आज १२५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।