काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी स्पेस एक्सले अमेरिकाको टेक्सस राज्यमा स्वचालित सवारी प्रविधि, ह्युमनोइड रोबोट तथा एआई सम्बन्धी चिप उत्पादनका लागि विशाल सेमिकन्डक्टर प्लान्ट निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।
ग्रिम्स कन्ट्रीले बुधबार जारी गरेको सूचनाअनुसार परियोजनाको पहिलो चरणमा करिब ५५ अर्ब अमेरिकी डलर लगानी हुने अनुमान गरिएको छ। आगामी थप चरणहरू कार्यान्वयन भएमा कुल लगानी ११९ अर्ब डलरसम्म पुग्न सक्ने उल्लेख गरिएको छ।
सूचनामा उक्त परियोजनालाई अमेरिकाभित्र सेमिकन्डक्टर उत्पादन क्षमता विस्तार गर्ने परिवर्तनकारी लगानी भनेर वर्णन गरिएको छ।
यसअघि मार्च महिनामा इलन मस्कले ‘टेराफ्याब’ परियोजनामार्फत ठूलो स्तरको चिप उत्पादन कारखाना निर्माण गर्ने योजना घोषणा गरेका थिए। परियोजनामा टेस्ला एक्सएआई तथा स्पेसएक्स संयुक्त रूपमा संलग्न हुने बताइएको छ।
यी कम्पनीहरूले स्वचालित सवारी प्रणाली, ह्युमनोइड रोबोट तथा एआई प्रविधिका लागि आवश्यक उन्नत चिपहरू आफैं उत्पादन गरेर विश्वव्यापी प्रतिस्पर्धामा आफ्नो क्षमता थप सुदृढ बनाउने लक्ष्य राखेका छन्।
विशेषज्ञहरूका अनुसार, योजना कार्यान्वयन भएमा यो अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो सेमिकन्डक्टर लगानी परियोजनामध्ये एक बन्न सक्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।