सोमबार, श्रावण १८,२०८३ 02:03:29
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:03:29
Bizshala
Global IME Bank Limited

कुमारी बैंकको नयाँ वर्षको अफर, आईफोन १५ जित्ने मौका

कुमारी बैंकको नयाँ वर्षको अफर, आईफोन १५ जित्ने मौका
New Office

काठमाण्डौ । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१, जितौ आईफोन एक्कासी’ सुचारु गरेको छ ।  

यस अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु.५०० को ‘टपअप’ र कुनैपनि एउटा ‘डेटाप्याक’ खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आईफोन १५ जित्न सक्ने बैंकले जनाएको छ ।  

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । यो अभियानको अवधि वैशाख १ गतेदेखि वैशाख ३१ सम्म रहनेछ ।  

कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ ईकाइहरूसहित देशका विभिन्न शहरी, अर्ध शहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ प्वइन्टमार्फत बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.