सोमबार, श्रावण १८,२०८३ 02:29:44
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:44
Bizshala
Global IME Bank Limited

बजेट अधिवेशन सोमबारदेखि, सरकारको वार्षिक ‘रोडम्याप’ संसद्मा प्रस्तुत हुँदै

बजेट अधिवेशन सोमबारदेखि, सरकारको वार्षिक ‘रोडम्याप’ संसद्मा प्रस्तुत हुँदै
New Office

काठमाण्डौ । संघीय संसद्को चालु वर्षको सबैभन्दा महत्त्वपूर्ण अधिवेशन मानिएको बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको संसद् सचिवालयले जनाएको छ।

संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार सरकारको आगामी वर्षको प्राथमिकता, विकास रणनीति र नीतिगत दिशा संसद्मार्फत सार्वजनिक हुन लागेको हो ।

संसद् सचिवालयले संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३:४५ बजेसम्म संसद् भवनमा उपस्थित हुन आग्रह गरेको छ । त्यसअघि दिउँसो २ बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यक्रम छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी सदनलाई गराइने तथा सभामुख अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयनसम्बन्धी प्रक्रिया अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रतिनिधिसभा नियमावली–२०७९ अन्तर्गत जारी गरिएको ‘बाधा अड्काउ फुकाउ’ आदेश अनुमोदनका लागि प्रस्तुत गरिनेछ भने नियमावलीको मस्यौदामाथि पनि प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

अधिवेशनको पहिलो दिन सरकारले विभिन्न विवादित तथा चासोका अध्यादेशहरू पनि संसद्मा पेश गर्ने तयारी गरेको छ । सार्वजनिक खरिद ऐन संशोधनदेखि संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसम्म गरी आठ अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा टेबल गरिने कार्यसूची छ ।

यसपटकको बजेट अधिवेशनलाई सरकारले आर्थिक सुधार, लगानी विस्तार, निजी क्षेत्रको मनोबल उकास्ने नीति तथा सुस्त अर्थतन्त्र चलायमान बनाउने दिशामा केन्द्रित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.