काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।