सोमबार, श्रावण १८,२०८३ 03:43:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:43:10
Bizshala
Global IME Bank Limited

नेपालमा एमजी एस–६ इलेक्ट्रीक एसयूभी सार्वजनिक, मूल्य कति ?

नेपालमा एमजी एस–६ इलेक्ट्रीक एसयूभी सार्वजनिक, मूल्य कति ?
New Office

काठमाण्डौ । नेपालमा एमजी एस–६ इलेक्ट्रीक एसयूभी सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस–६ बिक्री सुरू गरेको हो ।

एमजी एस–६ नेपालमा रियर ह्वील ड्राइभमा आएको हो । अन्तर्राष्ट्रिय बजारमा भने रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ दुवै अप्सनमा उपलब्ध छ । एमजी एस सिक्समा शक्तिशाली १८० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले ३५० न्युटन मिटर टर्क प्रदान गर्छ । यसले ० देखि १०० किमीको स्पीड केबल ७.३ सेकेण्डमा भेट्टाउने कम्पनीले जनाएको छ ।

एस–६ एसयूभीमा ७७ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसले एकपटकको फुलचार्जमा ५३० किलोमिटर रेन्ज दिने डब्लू एलटीपीले प्रमाणित गरेको छ । एमजी एस–६ ले १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ ।

एमजी एस सिक्सको लम्बाइ ४७०८ एमएम छ । चौडाइ १९१२ एमएम र उचाइ १६७२ एमएम अग्लो एसयूभीमा २८३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा ६७४ लिटरको बुट स्पेश छ । एमजीले यसको क्याबिन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ ।

साथै ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पीकर, हिटेड सिट, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रङ्क्स उपलब्ध छ । टेक्नोलोजीका हिसाबले पनि एमजी–६ निकै बलियो छ । आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल ‘रेन नाइट मोड’ पाउन सकिन्छ ।

यस एमजी–६  सुरक्षाका लागि एईबी, लेन किप एसिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल लेभल २ एडास, क्रुज कन्ट्रोल, ७ एयर ब्याग लगायत फिचर छन् । यसले युरो एन क्यापमा अब्बल फाइभ स्टार रेटिङ पाएको छ । बाहिरी डिजाइनमा अगाडिबाट एमजी फाइभको धेरै कुरा समान जस्तै लाग्ने एसयूभी पछाडिबाट भने निकै भिन्न लाग्छ ।

यस एमजी–६ को बजारमूल्य भने ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.