सोमबार, श्रावण १८,२०८३ 03:42:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:42:09
Bizshala
Global IME Bank Limited

इरान–इजरायल टकरावका कारण १५% ले बढ्यो तेलको मूल्य,विश्वको २०% तेल आपूर्ति रुटमा इरानी मिसाइल तैनाथ

इरान–इजरायल टकरावका कारण १५% ले बढ्यो तेलको मूल्य,विश्वको २०% तेल आपूर्ति रुटमा इरानी मिसाइल तैनाथ
New Office

काठमाण्डौ । इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नु एक दिनअघि ओमानको खाडीमा होर्मुन पासबाट गईरहेको एउटा जहाजमाथि कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेलको आपूर्ति यहि होर्मुज पासबाट हुने गर्छ ।  

यहाँ इरानका कयौं ब्यालेस्टिक तथा क्रुज मिसाइलहरु तैनाथ छन् । दुवै देशबीच विवाद बढ्यो भने इजराइलले यो क्षेत्रबाट हुने जहाजको आवतजावत रोक्न सकने अन्तराष्ट्रिय मिडियाले बताएका छन् । इरानले पनि स्वेज नहर बन्द गर्ने चेतावनी दिईसकेको छ । ‘द इकोनोमिक टाइम्स’को रिपोर्टका अनुसार स्वेज नहरबाट प्रत्येक दिन ५.५ मिलियन ब्यारेल भन्दा बढी कच्चा तेलाको आपूर्ति हुने गर्छ ।  

स्वेज नहर र होर्मुज पासमा कुनै पनि प्रकारको अवरोध उत्पन्न भयो भने तेलको आपूर्तिको ठूलो हिस्सा प्रभावित बन्नेछ । यी सबै अड्कलबाजीका बीच तेल बजारमा यसको प्रभाव देखिन थालेको छ ।  

इरानर इजरायलमा गत अप्रिल १ देखि तनाव सुरु भएको थियो । त्यसबेला देखि  अहिलेसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरबाट बढेर ९० डलर प्रतिब्यारेल पुगिसकेको छ ।  

अमेरिकी थिंक ट्याङ‘सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीज’का अनुसार यदि दुई देशबीचको तनाव कम हुँदैन भने तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्न सक्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.