काठमाण्डौ । आज स्थानीय बजारमा सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै आज १० ग्राम सुनको भाउ ५ हजार ७४५ रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।