काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २२.७१ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३८७.५३ डलर पुगेको छ ।
यस्तै यो अवधिमा चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.६० डलरले बढेर प्रतिऔंस २८.८२ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।