आईतवार, जेष्ठ ३,२०८३ 12:08:54
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:08:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेकेण्ड ह्याण्ड कार खरिद गर्दै हुनुहुन्छ ? यी कुरामा दिनुहोस् ध्यान

Laxmi Sunrise Bank Limited
सेकेण्ड ह्याण्ड कार खरिद गर्दै हुनुहुन्छ ? यी कुरामा दिनुहोस् ध्यान
Shivam Cement

काठमाण्डौ । आजभोलि कारप्रति मानिसहरुको मोह बढ्दै गएको छ । यस्तो मोह परिपूर्तिका लागि कतिपयले नयाँ कार खरिद गर्छन् भने कतिपयले सेकेण्ड ह्याण्ड कार रोज्ने गर्छन् ।

सेकेण्ड ह्याण्ड कार खरिद गर्ने एउटा महत्वपूर्ण निर्णय हो । यस्तो निर्णय लिदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने र आर्थिक नोक्सानी हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

सेकेन्ड ह्यान्ड कार किन्दा केवल ओडोमिटरमा देखिएको माइलेजमा भर पर्नु ठीक हुँदैन। सही जाँच गरेमा लुकाइएका समस्या र नक्कली माइलेजबाट बच्न सकिन्छ। आखिर सेकेण्ड ह्याण्ड कार खरिद गर्नुअघि कुन–कुन विषयमा ध्यान दिनुपर्छ त ?

Bizshala
New Office
CG Motors

सर्भिस हिस्ट्री र माइलेजको निरन्तरता जाँच गर्नुहोस्

अधिकृत सर्भिस सेन्टरहरूले हरेक सर्भिसमा कारको माइलेज रेकर्ड गर्छन्। यदि विभिन्न रेकर्डहरूमा माइलेज मेल खाँदैन भने, ओडोमिटरमा छेडछाड गरिएको हुन सक्छ।

इन्टेरियर वेयर र युजेज इन्डिकेटर जाँच गर्नुहोस्

अटोमिटर रिडिङलाई मेटाउन सकिन्छ, तर फिजिकल वेयरलाई लुकाउन त्यति सजिलो हुँदैन । सेकेण्ड ह्याण्ड कार खरिद गर्दा पेडल, सिट, स्टेरिङ ह्विल र गियर बक्सलाई राम्रोसँग जाँच गर्नुपर्छ । यदि माइलेज कम देखिरहेको छ तर शारिरीक घिसावट ज्यादा छ भने कार अडोमिटरमा देखिएको रिडिङ भन्दा धेरै चलिरहेको हुनसक्छ ।

Garima Development Bank
Shivam Cement
IME remit

टेस्ट ड्राइभ अवश्य गर्नुहोस्

सेकेण्ड ह्याण्ड कार खरिद गर्दा टेस्ट ड्राइभ गर्नु एकदमै महत्वपूर्ण हुन्छ । टेस्ट ड्राइभ गर्दा आफूलाई कारको अवस्थाको बारेमा राम्रो ज्ञान प्राप्त हुन्छ । गाडी चलाउँदा ओडोमिटरको रिडिङ सहज रूपमा बढिरहेको छ कि छैन हेर्नुपर्छ। साथै इन्जिनको प्रदर्शन, गियर सिफ्टिङ, ब्रेक र पिकअप पनि ध्यानपूर्वक परीक्षण गर्नुहोस्। गाडीको अवस्था र बताइएको माइलेजबीच ठूलो अन्तर देखिएमा समस्या हुन सक्छ।

स्ट्रक्चरल ड्यामेज वा एक्सिडेन्ट हिस्ट्री जाँच गर्नुहोस्

बडीमा फरक–फरक पेन्ट, असमान प्यानल ग्याप वा वेल्डिङका चिन्ह देखिएमा गाडी पहिले दुर्घटनामा परेको संकेत हुन सक्छ। बोनट मुनि र चेसिसको अवस्था पनि राम्रोसँग जाँच गर्नुहोस्।

टायरको अवस्था जाँच गर्न नबिर्सनुहोस्

सामान्यतया टायरको आयु ४० हजारदेखि ५० हजार किलोमिटरसम्म हुन्छ। यदि कारको माइलेज कम देखाइएको छ तर टायर हालै फेरेको छ भने, गाडी धेरै चलेको हुन सक्छ। टायरको निर्माण मिति जाँच गर्दा पनि सही जानकारी पाउन मद्दत हुन्छ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.