काठमाण्डौ । आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ४ हजार ५ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय कायम थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । गत शुक्रबार प्रतितोला ५ हजार ३९० रुपैयाँले रहेको चाँदीको भाउ आज ३३० रुपैयाँले घट्दै ५ हजार ६० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।