सोमबार, श्रावण १८,२०८३ 02:28:04
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:04
Bizshala
Global IME Bank Limited

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने
New Office

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको टिकट खरिदमा छुट पाउने भएका छन् । यसका लागि प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच दुई पक्षीय समझदारी भएको छ ।  

सो समझदारीपत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल(स्काइवाक)का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।  

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

प्रभु बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल,रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारी बैंकले दिएको छ ।  

स्काइवाक टावर कुल ७८.५ मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको ३६० डिग्रीमा दृश्यावलोकन गरि मनोरञ्जन लिन सकिन्छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.