Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मर्जरपश्चात नेरूडे मिर्मिरेको देशव्यापी कार्यक्रम,कर्मचारी तहमा साँस्कृतिक मिलन

Global IME Bank Limited
मर्जरपश्चात नेरूडे मिर्मिरेको देशव्यापी कार्यक्रम,कर्मचारी तहमा साँस्कृतिक मिलन
Nabil Bank Limited

काठमाण्डौ । नेरूडे मिर्मिरे लघुवित्त संस्थाले मर्जर पश्चात कर्मचारीहरुबीचमा साँस्कृतिक तथा व्यवहारिक अन्तरघुलनको लागि शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरुको तहमा मर्जर पश्चातको सफलतम अन्तक्रिया कार्यक्रम देशभर सम्पन्न गरेको छ । साविक विराटनगर केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था तथा साविक बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएर नेरूडे मिर्मिरे लघुवित्तको नामबाट गत फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

वैशाख ३ गते देखि ५ गते सम्म कोशी प्रदेशको विराटनगरमा, मधेश प्रदेशको बर्दिबासमा, बागमती र गण्डकी प्रदेशको भरतपुरमा,लुम्बिनी र कर्णालीप्रदेशको भैरहवामा र सुदुर पश्चिम प्रदेशको धनगढीमा कार्यक्रम सञ्चालन भइरहको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एकीकृत कारोबारपश्चात कर्मचारी तहमा अन्तरघुलन तथा साँस्कृतिक मिलनसहित भावनात्मक रुपमा समेत एकिकरण गरी अधिकतम सफलताको लागि सञ्चालक समितका पदाधिकारीहरु, उच्च व्यवस्थापन तथा विभागिय प्रमुखहरु, प्रदेश तथा क्लष्टर प्रमुखहरुसहित कर्मचारीहरुको सहभागितामा कार्यक्रम सञ्चालन भइरहेको संस्थाले जनाएको छ ।

मर्जरपश्चात २५९ शाखाहरुबाट ३ लाख सदस्यहरूमाझ करिब २० अर्ब लगानीसहित लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको यो कार्यक्रमले सम्पूर्ण सरोकारवालाहरुमा  सांस्कृतिक एकता तथा भावनात्मक  सम्बन्धलाई प्रगाढ बन्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले बताए ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.