काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस ८.३० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३७४.७६ डलर कायम भएको छ ।
अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य भने वृद्धि भएको छ । चाँदीको मूल्य ०.२१ डलरले बढ्दै प्रतिऔंस २८.३९ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।