काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने बढेका छ। चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।