काठमाण्डौ । नेपालमा पर्यटकको बसाई अवधि लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा प्रति पर्यटकको औसत बसाइ १३.२ दिन रहेको छ ।
सन् २०२२ मा प्रति पर्यटकको औसत बसाई अवधि १३.१ दिन रहेको थियो । गत वर्ष नेपालमा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२२ मा भने नेपालमा ६ लाख १४ हजार पर्यटक भित्रिएका थिए ।
सन् २०२१ मा पर्यटकको औषत बसाई १५.५ दिन थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।