सोमबार, श्रावण १८,२०८३ 02:02:19
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:02:19
Bizshala
Global IME Bank Limited

विशाल बजार र राष्ट्रिय बीमा कम्पनीले ७ वर्षदेखि गर्न सकेनन् एजीएम, यस्तो छ कारण

विशाल बजार र राष्ट्रिय बीमा कम्पनीले ७ वर्षदेखि गर्न सकेनन् एजीएम, यस्तो छ कारण
New Office

काठमाण्डौ । संस्थागत सुशासन राम्रा भएका कम्पनीले हरेक आवको पुष मसान्त भित्र वार्षिक साधारण सभा आयोजना गरिसक्नु पर्ने हुन्छ । तर सरकारी स्वामित्वमा नै रहेका विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले भने विगत ७ वर्षदेखि नै साधारण सभा नगरेको सुन्दा धेरै लगानीकर्तालाई अचम्म लाग्न सक्छ । विशाल बजार कम्पनीले २०७४ सालमा ३४ औं वार्षिक साधारण सभा आयोजना गरेको थियो । त्यस पछि यो कम्पनीले साधारण सभा नै गर्न सकेको छैन ।  

यो कम्पनीमा पूँजीबजारकी अग्रेणी लगानीकर्ता राधा पोखरेल सञ्चालक रहेकी छन् । अझ अचम्मको विषय के छ भने यो कम्पनी गूगलमा खोज्दा समेत भेटिदैन ।  

त्यसै गरि लामो समयदेखि साधारण सभा गर्न नसकेको अर्को सरकारी स्वामित्वमा रहेको कम्पनी हो राष्ट्रिय बीमा कम्पनी लिमिटेड । यो कम्पनीले पनि आर्थिक वर्ष २०७२/७३ देखि साधारण सभा गरेका छैन । पछिल्लोपटक यो कम्पनीले २०६८ देखि २०७२ सम्मको ५ वर्षको साधारण सभा एकैपटक आयोजना गरेको थियो त्यस पछि यो कम्पनीले पनि साधारण सभा गर्न सकेको छैन ।  

ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ता पिभी पोखरेलले सरकारी स्वामित्वमा नै रहेको कम्पनीले वषौँदेखि साधारण सभा गर्न नसक्नु गैरजिम्मेवारीपनको पराकाष्ट भएको   बताए । ‘मैले १० वर्षदेखि यो कम्पनीमा लगानी गरेको छु । कम्पनीले साधारण सभा नै गर्न सकेको छैन । साधारण सभा नै गर्न नसकेको कम्पनीबाट लाभांशको आशा गर्ने त ठाँउ नै रहेन ।’  

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मूराहरी पराजुलीले लामो समयसम्म साधारण सभा नगर्ने कम्पनीलाई नेप्सेले सामान्य ध्यानाकर्षण मात्रै गर्न सक्ने बताए । उनले भने ‘हामीले यी कम्पनीहरुलाई साधारण सभा गर भनेर ध्यानाकर्षण मात्रै गर्ने हो । त्यहाँ भन्दा बढी गर्न सक्दैनौं ।’

अर्को एक स्रोतले दिएको जानकारी अनुसार यी दुबै कम्पनीहरुले लामो समयदेखि साधारण सभा आयोजना गर्न नसक्नु्मा सरकारी हस्तक्षेप नै प्रमुख कारण हो । ‘विशालबजारमा पहिले मुद्दा थियो । तर हाल त्यो मुद्दा किनारा लाग्यो । अब भने सरकारले एजीएम गर्नुपर्ने हो । यसमा सरकारको ९४ प्रतिशत हिस्सा छ । त्यसै गरि आरबीसीएलमा पनि हरेक नयाँ हाकिम आए पछि गछौँ भन्छन । तर गर्न सकेको अवस्था भने छैन । यहाँ पनि सरकारी हस्तक्षेप छ । हाकिम र कर्मचारीको तालमेल मिल्न नै सक्दैन । यही कारण यी २ वटा कम्पनीमा समयमा नै वार्षिक साधारण सभा हनु नसेको हो ।’ स्रोतले भन्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.