काठमाण्डौ । सरकारले नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर १.५० रुपैयाँका दरले प्रदुषण नियन्त्रण शुल्क लगाउने भएको छ । सरकारले आर्थिक विधेयक २०८३ जारी गर्दै यस्तो शुल्क पैठारीकर्तासँग असुल गरी अर्को महिनाको २५ गतेभित्र राजश्व खातामा दाखिला गर्नुपर्ने बताएको छ ।
उक्त अवधिभित्र शुल्क दाखिला नगरेमा सम्बन्धित पैठारीकर्ताबाट वार्षिक १५ प्रतिशत ब्याज लगाई असुल गरिने जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।