काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १९.३२ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३८७.८९ डलर कायम भएको छ । सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ०.०५ डलरले बढेर प्रतिऔंस २८.२८ डलर पुगेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६ सय र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९५० रुपेयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।