काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजारमा लगाइएको पूँजीगत लाभकर अन्तिम भएको बताएका छन् । वाग्लेले अगामी आर्थिक वर्षको बजेटका बारेमा धारणा राख्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सेयरबजारमाथि लगाइएको पूँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने अन्यौलालाई चिर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘फाइनल नै हो हजुर, फाइनल नै हो । पूँजीगत लाभकरको व्यवस्था फाइनल गर्दिनुस् हामी ५ प्रतिशत विन्दु अतिरिक्त तिर्न तयार छौँ भनेर लाइन लाएर म कहाँ डिलिगेशन आएका साथीहरु यही सिंहदरबार बाहिर हुनुहुन्छ ।’
उनले लगानीकर्ताको समहूले पूँजीगत लाभकरको व्यवस्थालाई दीर्घकालिन गर्न आएको सुझाव बमोजिम नै बजेटमार्फत पूँजीगत लाभकर वृद्धि गरिएको बताए । ‘भारतमा अल्पकालिन र दीर्घकालिनको क्रमशः १० र २० प्रतिशत छ, हामी कहाँ अल्पकालको ५ लाई १० नै पुर्याई दिएपनि हुन्छ र दीर्घकालको ७.५ प्रतिशतलाई साढे १२ वा १५ प्रतिशतसम्म पुर्याइपनि हुन्छ तर करसम्बन्धी अनिश्चितता भने अन्त्य गरिदिनुस् भन्ने सुझाव आएपछि हामीले पूँजीगत लाभकर सामान्य वृद्धि गरेका हौँ ।’
पूँजीगत लाभकर सम्बन्धी व्यवस्थामा स्पष्टता भएपनि बजारमा भम्रको खेती भईरहेको प्रति भने अर्थमन्त्रीले आश्चर्य प्रकट गरे । उनले भने, ‘सायद हामीलाई अतिरिक्त प्रेम नगर्ने साथीहरुको म्यानडेड नै त्यो छ होला । ’
सरकार।रले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अल्पकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर ७.५ प्रतिशतबाट १० प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याएको छ। यही कारण कतिपय लगानीकर्ताले बजेटलाई बजारविरोधी भन्दै आलोचना गरिरहेका छन्।
यस्तै अर्थमन्त्री वाग्लेले पूँजीबजारका अलावा अन्य क्षेत्रबाट गरेको आम्दानीको भने कर तिर्नुपर्ने बताए । ‘सेयरबजार बाहेक अन्य २० वटा कम्पनीबाट आम्दानी गर्नुहुन्छ भने अन्य ट्याक्स त तिर्नुहुन्छ भने त्यसको कर त तिर्नु हुन्छ होला नि ? सेयरबाट आएको मेरो लाभ चाहि यो करक्टी सबै फाइनल नै भयो भन्ने त्यो स्वतः देखिन्छ । करमाथि कर लाग्ने कुनै गुञ्जायस छैन । गल्ति भयो, मिस्टेक भयो र हाम्रो नियतलाई औल्याईयो भने,आउनुस् हामी सच्चाई हाल्छौ नि ।’

