काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतिऔंस ०.४५ प्रतिशत अर्थात १०.८१ डलरले वृद्धि भएको हो ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३९०.८६ डलर कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य ०.४३ डलरले बढेर प्रतिऔंस २८.६७ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।