काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो ।
जसअनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । बिहीबार भने सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ६४ हजार ९२० रुपैयाँ कायम भएको छ ।
सुनसँगै आज चाँदी पनि सस्तिएको छ । चाँदी ५५ रुपैयाँले घट्दै प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।