सोमबार, श्रावण १८,२०८३ 02:02:57
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:02:57
Bizshala
Global IME Bank Limited

फेरि गृहमन्त्री बने भने दुई महिनासम्म फोटो खिच्न र बधाई दिन नआउनु: सुधन गुरुङ

फेरि गृहमन्त्री बने भने दुई महिनासम्म फोटो खिच्न र बधाई दिन नआउनु: सुधन गुरुङ
New Office

काठमाण्डौ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सुधन गुरुङले आफू फेरि गृहमन्त्री बने फोटो खिच्न र बधाई दिन नआउन आग्रह गरेका छन् । गुरुङले आफ्नो गृह जिल्ला गोरखामा आइतबार आयोजना भएको जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले समितिबाट सफाइ पाएर फेरि आफू गृहमन्त्री बने दुई महिनासम्मका लागि बधाई दिन र फोटो खिच्न कोही पनि नआईदिन आग्रह गरे । ‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनुस्’ उनले भने ।

यस्तै उनले फेरि गृहमन्त्री बने सुधारका थुप्रै कार्यहरुको थालनी गर्ने समेत बताए । उनले अब बन्ने जिल्ला सभापतिहरु राजधानी केन्द्रीत नभई जिल्ला केन्द्रीत हुनुपर्ने र जिल्लामै बसेर पार्टीगत कार्यहरु गर्नुपर्ने धारणा राखे ।

फरक प्रसंगमा उनले प्रतिप्रक्षी दलहरु रचनात्मक बन्नुपर्ने र सधैँ विरोधमा मात्रै उत्रन नुहने बताए । सरकारको राम्रा कामहरुलाई प्रतिपक्षमा बसेका दलहरुले समेत प्रशंसा गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.