काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै सीबीएस अफिसर,सीबीएस अपरेटर,डिजिटल ट्रान्सफरमेशन,साइबर सेक्युरिटी अफिसर र चाटर्ड अकाउन्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी वैशाख १६ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन बैंकको आधिकारिक वेबसाइटमाफर्त पेश गर्नुपर्नेछ । सर्टलिष्टमा परेका आवेदकहरुलाई मात्रै अगाडिको छनौट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।