काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज ०.७० प्रतिशत अर्थात प्रतिऔंस १६.८२ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३७५.५५ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.३३ डलरले घट्दै प्रतिऔंस २८.३५ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।