काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७०५ रुपैयाँ कायम भएको छ


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।