काठमाण्डौ आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेश सरकारले आज आ–आफ्नो वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछन्। संवैधानिक व्यवस्थाअनुसार असार १ भित्र बजेट ल्याउनुपर्ने प्रावधानअनुसार सबै प्रदेशले एकै दिन आय–व्यय विवरण सार्वजनिक गर्न लागेका हुन्।
प्रदेश सरकारहरूले यसअघि नै नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गरिसकेकाले बजेट प्रस्तुतिको औपचारिक प्रक्रिया आजदेखि सुरु हुँदैछ।
कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ। त्यसपछि कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट सार्वजनिक गर्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे बजेट ल्याउने तयारी गरेका छन् भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।