सोमबार, श्रावण १८,२०८३ 04:55:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:55:27
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बुटवल मार्फत बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण गरेको छ ।

बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरे । कार्यक्रममा बाल्दै बुटवल क्षेत्र प्रमुख आचार्यले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै स्कुल ब्याग सहयोग गरिएको बताए ।

उनले विद्यालय जाने उमेरका बालबालिकाका लागि स्कुल ब्याग केवल सामग्री बोक्ने साधन मात्र नभई उनीहरूमा विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध अभिवृद्धि गर्ने माध्यम समेत भएको उल््लेख गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझीले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विद्यार्थीहरूमा विद्यालयप्रतिको उत्साह बढाउनुका साथै अभिभावकहरूलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.