सोमबार, श्रावण १८,२०८३ 01:52:44
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:52:44
Bizshala
Global IME Bank Limited

गभर्नरलाई लफडामा फसाइरहने को हो ? राष्ट्रबैंकमा पुग्यो चकित पार्ने यस्तो सूचना

गभर्नरलाई लफडामा फसाइरहने को हो ? राष्ट्रबैंकमा पुग्यो चकित पार्ने यस्तो सूचना
New Office

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विषयमा बेला–बेला प्रश्न उठ्ने गर्छ ।  

राष्ट्रबैंकको ऐनमा तोकिएअनुसार उनको शैक्षिक योग्यता नभएको भन्दै पटक–पटक उनलाई पदबाट हटाउनुपर्ने दाबीसहित अदालतमा रिट दायर हुने गरेको छ ।  

बेला–बेला यो विषयलाई कोट्याएर रिट दायर भए पनि आवेदकको मागदाबीलाई अदालतले खारेज गर्दै आएको छ । 

 

शैक्षिक योग्यताबाहेक पनि गभर्नर अधिकारीलाई पटक–पटक विभिन्न विवादमा तान्ने काम गर्ने गरिएको छ । कहिले सेयर लगानीकर्ताको नाममा त कहिले सरकारवादी दल वा कार्यकर्ताको नाममा समेत उनीविरुद्ध सामाजिक सञ्जालहरुमा प्रहारहरु हुँदै आएका छन् ।  

नीतिगत स्थायीत्व हुनुपर्छ भन्ने पक्षमा अडिग गभर्नर अधिकारी कतिपय विषयमा चिप्लिएका पनि छन् । अर्थतन्त्र सुधारका लागि सरकारले बनाउने बजेट, नीति तथा कार्यक्रमलाई सपोर्ट हुने गरी सन्तुलित मौद्रिक नीति ल्याउनुपर्ने र त्यसको इमानदारितापूर्वक कार्यान्वयन गर्नुपर्ने भूमिकामा रहेका उनका कतिपय कामको चर्को आलोचना हुने गरेको छ ।  

पछिल्लो समय सेयर लगानीकर्ताको टार्गेटमा परेका उनले जब सेयर धितो कर्जाको सीमा र जोखिमभारमा लचक नीति बनाउँदै गए, त्यसपछि त्यो वर्गको विरोध कम भएको छ । सेयर लगानीकर्ताहरुले सत्तोसराप गर्न कम गरेकै बेला पछिल्लोपटक फेरि उनको शैक्षिक योग्यताको विषय ब्यूँतियो र पुनः बहस सुरु भयो ।  

यसरी गभर्नर अधिकारीलाई पटक–पटक अप्ठ्यारो पार्ने पात्र वा समूह को होला त ? राष्ट्रबैंकका उच्च अधिकारीहरुसमक्ष केही समयअघि एउटा महत्वपूर्ण सूचना पुग्यो ।  

केन्द्रीय बैंक उच्च स्रोतका अनुसार गभर्नर अधिकारीलाई यो वा त्यो बाहानामा दुःख दिने र सकेसम्म बेलैमा पदबाट हटाउन सकिन्छ कि भनेर अभियान नै बनाएर लाग्ने दुई पात्रको विषयमा खबर पुगेको छ । को को हुन् त उनीहरु ? स्रोत भन्छ–‘नाम सुन्दा पत्याउनु कि नपत्याउनु जस्तो भएको छ । एउटा नाम हो चिन्तामणि शिवाकोटी र अर्को हो विश्व पौडेल ।’  

शिवाकोटी राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर हुन् । महाप्रसाद अधिकारीसँगै गभर्नर हुने सूचीमा उनको नाम पनि समावेश थियो । आफूलाई केपी ओलीको खास विश्वासपात्र ठान्ने शिवाकोटी नै गभर्नर हुने धेरैको अड्कलबाजी थियो । तर, डा. युवराज खतिवडाले आफ्ना प्रिय महाप्रसाद अधिकारीलाई गभर्नर बनाइछाडे ।  

महाप्रसादसँग खासै राम्रो सम्बन्ध नरहेका शिवाकोटीले गभर्नरको रेसमा हार्नुपर्यो । त्यसपछिदेखि नै महाप्रसाद अधिकारीले गभर्नरको रुपमा लिएका नीतिको उनी कटु आलोचक बन्दै आएका छन् । रमाइलो कुरा के छ भने गभर्नरको कटु आलोचना गर्दै आएका शिवाकोटी पछिल्लो समय आफैं राष्ट्रबैंकको सञ्चालक बनेर काम गरिरहेका छन् । गभर्नर अधिकारीले राष्ट्रबैंकको सञ्चालक समितिमा एउटा विषय पेश गरेर नीति कार्यान्वयन गर्दा वा निर्देशन दिंदा चाहिँ बिल्कुलै भिन्न विषय ल्याउने गरेको भन्दै शिवाकोटीले सार्वजनिक रुपमै आलोचना गर्ने गरेका छन् । उनै शिवाकोटी गभर्नरविरुद्ध मोर्चाबन्दी कसेर लागेको सूचना राष्ट्रबैंक पुगेको हो ।  

पछिल्लो समय गभर्नर अधिकारीविरुद्धको अभियानमा अर्थशास्त्री डा. विश्व पौडेल पनि जोडिएका भन्दै सूचना पुगेको स्रोतको दाबी छ । डा. विश्व पौडेल पनि आगामी गभर्नरको रेसमा छन् । अधिकारीको कार्यकाल १४ महिना मात्र बाँकी रहेको अवस्थामा विभिन्न आकांक्षीहरुले बेलैदेखि दौड सुरु गरेका छन् । यो क्रममा डा. पौडेलको डिजाइनमै अदालतमा मुद्दा दायर गरिएको स्रोतको दाबी छ ।  

तर, राष्ट्रबैंकसम्म पुगेको भनिएको गोप्य यो सूचना र त्यसमा लगाइएको आरोपको विषयमा शिवाकोटी र पौडेलले खण्डन गरेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.