शुक्रबार, असार ५,२०८३ 10:49:36
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 10:49:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–इरान शान्ति सम्झौताः स्विट्जरल्यान्डमा हुने औपचारिक हस्ताक्षर कार्यक्रम स्थगित

Laxmi Sunrise Bank Limited
अमेरिका–इरान शान्ति सम्झौताः स्विट्जरल्यान्डमा हुने औपचारिक हस्ताक्षर कार्यक्रम स्थगित
Shivam Cement

काठमाण्डौ । अमेरिका र इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौताको औपचारिक हस्ताक्षर समारोह अन्तिम समयमा स्थगित गरिएको छ। कार्यक्रम आज  स्विट्जरल्यान्डको ब्युर्गेनस्टकमा हुने तय भए पनि कूटनीतिक कारण देखाउँदै उच्चस्तरीय अधिकारीहरूको उपस्थिति रद्द भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘सिएनएन न्यून१८’ का अनुसार, समारोहमा सहभागी हुन कुनै पनि वरिष्ठ अमेरिकी वा इरानी अधिकारी स्विट्जरल्यान्ड नजाने भएपछि कार्यक्रम स्थगित गरिएको हो। अब प्रक्रिया औपचारिक हस्ताक्षरभन्दा प्राविधिक तहका विस्तृत वार्तातर्फ मोडिएको बताइएको छ ।

Bizshala
New Office
CG Motors

जानकारीअनुसार, अब दुवै देशका प्रतिनिधि टोलीसँगै मध्यस्थ राष्ट्र कतार र पाकिस्तानका अधिकारीहरु समेत स्विट्जरल्यान्डमा रहेर नयाँ वार्ता संरचना तयार पारिरहेका छन्। प्रारम्भिक सहमतिमा बाँकी रहेका जटिल विषयहरू टुंग्याउन आगामी ६० दिनसम्म चरणबद्ध प्राविधिक वार्ता हुने बताइएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

सम्झौताको ढाँचामा आएको परिवर्तनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको निर्धारित भ्रमण तालिकामा समेत असर परेको छ। रिपोर्ट अनुसार उनले स्विट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्। 

सम्झौतासम्बन्धी मुख्य एमओयू पक्षहरू डिजिटल रूपमा पूरा भइसकेकाले औपचारिक उपस्थितिको आवश्यकता नपरेको बताइएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.