सोमबार, श्रावण १८,२०८३ 03:39:38
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:39:38
Bizshala
Global IME Bank Limited

विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै, ९ महिनामा ७ हजार ईभी गाडी भित्रियो

विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै, ९ महिनामा ७ हजार ईभी गाडी भित्रियो
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा ७ हजार वटा विद्युतीय सवारी (ईभी गाडी) भित्रिएका छन् । भन्सार विभागका अनुसार आव २०८०/८१ को चैत मसान्तसम्म कुल ७ हजार ९३ वटा ईभी गाडी भित्रिएका हुन् ।  

गत वर्षको तुलनामा ईभी गाडी १८९.३९ प्रतिशत बढीले भित्रिएको छ । गत आवको यस अवधिसम्म नेपालमा कुल २ हजार ४५१ वटा सवारी भित्रिएका थिए ।  

पछिल्लो समय नेपालमा ईभी गाडी प्रयोगकर्ता बढेसँगै डिमाण्ड समेत बढ्दो छ । नेपाल विद्युत प्राधिकरणले समेत ईभी गाडी प्रयोगकर्ताको संख्या बढाउनलाई देशका विभिन्न क्षेत्रमा चार्जिङ स्टेशन समेत विस्तार गर्दै आइरहेको छ ।  

चालु आवको चैत मसान्तसम्म कुल १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँको ईभी गाडी नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । यो रकम गत आवको यस अवधिसम्मको तुलनामा १५५.७५ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म ६ अर्ब ८४ करोड रुपैयाँ बराबरको ईभी गाडी नेपाल भित्रिएको थियो ।  

नेपालको अर्थतन्त्र विस्तार सुधार भएसँगै विद्युतीय सवारी साधन प्रयोग गर्नेको संख्या बढ्दै गइरहेको छ । विद्युत प्राधिकरणले समेत मुलुकलाई वायु प्रदुषणमुक्त बनाउन र इन्धन खपत घटाउन विद्युत सवारी साधन प्रयोगमा जोड दिदै आइरहेको छ । प्राधिकरणले नेपालको सय भन्दा बढी ठाउँमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।  

पछिल्लो समय नेपाली अटो बजार ईभीमय बन्दै गएको छ । आवश्यक पूर्वाधार बन्दै गएपछि विद्युतीय सवारी साधन प्रयोगकर्ता पनि बढ्न थालेको प्राधिकरणले जनाएको छ ।  

भन्सार विभागका अनुसार चालु आवमा ६ वटा देशबाट कुल ७ हजार ९३ वटा विद्युतीय सवारी भित्रिएका हुन् । विद्युतीय सवारीमा बढी दुईपाङ्ग्रे सवारी बाईक र स्टकु भित्रिएको विभागले जनाएको छ ।  

विभागका अनुसार सबैभन्दा बढी छिमेकी राष्ट्र चीबाट विद्युतीय सवारी भित्रिने गरेको छ । नेपालमा इन्धनको मूल्य बढ्दै जाँदा विद्युतीय सवारी साधन खरिद गर्नेको संख्या समेत बढ्न थालेको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.