काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ६५५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।