सोमबार, श्रावण १८,२०८३ 02:28:15
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:15
Bizshala
Global IME Bank Limited

अमेरिकाले लगायो एक दर्जन बढी कम्पनीमाथि प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप

अमेरिकाले लगायो एक दर्जन बढी कम्पनीमाथि प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
New Office

काठमाण्डौ । अमेरिकाले एक दर्जनभन्दा बढी कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार अमेरिकाको ट्रेजरी विभागले विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।  

विभागले अमेरिकाले इरानी सेनाको तर्फबाट अवैध व्यापार तथा मानवरहित हवाई यान(यूएभी)ट्रान्सफरको सुविधाका लागि एक दर्जनभन्दा बढी कम्पनीहरुमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । यसमा तीन भारतीय कम्पनी समेत परेका छन् ।  

विभागले प्रतिबन्धित कयौं कम्पनी,व्यक्ति र जहाजहरुलाई रुस–युक्रेन युद्धको क्रममा इरानी मानवरहित यानहरुको गोप्य बिक्रीमा भूमिका रहेको उल्लेख गरेको छ ।  

अमेरिकी ट्रेजरी विभागका अनुसार सहारा थण्डर यी प्रयासहरुको समर्थनमा इरानको वाणिज्य गतिविधिहरु नियाल्ने प्रम्ुख कम्पनी हो । सहारा थण्डरको समर्थन गर्ने ३ भारतीय कम्पनीमा जेन सिपीङ,पोर्ट इण्डिया प्रालि र सी आर्टशिप म्यानेजमेन्ट रहेका छन् । सहारा थण्डर इरानको रक्षा मन्त्रालय र सशस्त्र बल‘लजिस्टिक(एमओडीएएफएल)का तर्फबाट चीन,रुस र अन्य न्याय क्षेत्रमा इरानी वस्तुहरुको बिक्री तथा ढुवानीमा सामेल एउटा ठूलो सिपीङ नेटवर्कमा निर्भर रहेको विभागले जनाएको छ ।  

ट्रेजरी विभागले सहारा इरानमा सहारा थण्डरको हजारौं  यूएवीको डिजाइन,विकास,निर्माण र बिक्रीमा पनि महत्वपूर्ण भूमिका निभाउँदै आएको थियो ।      

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.