सोमबार, श्रावण १८,२०८३ 03:31:12
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:31:12
Bizshala
Global IME Bank Limited

सेयर कारोबारबाट ब्रोकर मालामाल, लगानीकर्ताको पोर्टफोलियो भने ओरालो

सेयर कारोबारबाट ब्रोकर मालामाल, लगानीकर्ताको पोर्टफोलियो भने ओरालो
New Office

काठमाण्डौ । सेयर कारोबार गर्दा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)कम्पनीहरुले पाउने शुल्क वा कमिसन उल्लेख्य बढेको छ ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार असार महिनामा ९२ वटा ब्रोकर कम्पनीले कुल ३८ करोड ५१ लाख रुपैयाँ कमिसन आर्जन गरेका छन् ।  

यो कमिसन अघिल्लो महिना अर्थात् जेठको तुलनामा ५.१६ प्रतिशत बढी हो । जेठमा ब्रोकरहरुले ३६ करोड ६२ लाख रुपैयाँ कमिसन प्राप्त गरेका थिए । यसर्थमा ब्रोकरहरुको कमिसन एक महिनामै १ करोड ८९ लाख रुपैयाँ वृद्धि भएको छ ।  

तर यता सेयर लगानीकर्ताहरुले भने बजारबाट अपेक्षित प्रतिफल नपाएर नोक्सानी (घाटा) ब्यहोर्नुपर्ने अवस्था छ । नेप्सेको तथ्याङ्कले बजारमा सेवा प्रदायक वा धितोपत्र दलाल व्यवसायीहरुको आम्दानी उल्लेख्य बढेपनि सामान्य लगानीकर्ताको अवस्था भने सुधार नभएको विरोधाभास देखाउँछ ।  

बजार उतारचढाव, लगानीकर्ताको मनोबल कमजोर र विगतका लगानी घाटाका कारण धेरै लगानीकर्ता अझै नोक्सानीको अवस्थामै छन् । कारोबार लागत बढ्दा छोटो अवधिका लगानीकर्ता तथा साना लगानीकर्तामा थप दबाब पर्ने देखिएको छ ।  

ब्रोकर कम्पनीहरुको आम्दानी बढे पनि लगानीकर्ताको हित सुनिश्चित गर्न बजार सुधार, पारदर्शिता र दिगो लगानी वातावरण आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

पूँजीबजारमा कारोबार लागत र लगानीकर्ताको प्रतिफलबीचको अन्तर चर्चाको विषय बन्ने गर्छ । विगतमा नेप्से परिसूचक ३ हजारको विन्दुमा हुँदा उच्च मूल्यमा सेयर खरिद गरेका धेरै लगानीकर्ता अझै पनि खरिद मूल्यभन्दा तलको बजार मूल्यका कारण घाटामा रहेका छन् । विशेषगरी बजार घटेको समयमा प्रवेश गरेका साना तथा नयाँ लगानीकर्ताले लामो समयसम्म आफ्नो लगानी फिर्ता नआएको अनुभव गरिरहेका छन् ।  

अर्कोतर्फ, कारोबार शुल्क वा ब्रोकर कमिसनमा हुने परिवर्तनले लगानीकर्ताको कुल लागतमा प्रत्यक्ष असर पार्ने देखिन्छ ।  

ब्रोकरको व्यवसाय विस्तार हुनु पूँजीबजारका लागि सकारात्मक पक्ष भए पनि त्यसको लाभ लगानीकर्तासम्म पनि पुग्ने वातावरण निर्माण गर्नु आवश्यक छ । स्वस्थ बजारमा सेवा प्रदायक, कम्पनी र लगानीकर्ता सबैको हित सन्तुलित हुनुपर्छ ।

सेयर कारोबारबाट लगानीकर्ताहरुको कमिसन एक महिनामै करिब २ करोड रुपैयाँ वृद्धि भएपनि यता सेयर लगानीकर्ताहरुको भने खर्बौ सम्पत्ति गुमेको छ । जेठ महिनाको अन्त्यसम्म ४६ खर्ब ५४ अर्ब ५५ करोड रुपैयाँ रहेको बजार पूँजीकरण असारको अन्त्यमा घटेर ४४ खर्ब ६३ अर्ब ५५ करोड रुपैयाँमा कायम भएको छ । यसर्थ लगानीकर्ताहरुले एक महिनामै पूँजीबजारबाट १ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.