सोमबार, श्रावण १८,२०८३ 03:22:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:22:49
Bizshala
Global IME Bank Limited

सुनसरी घटनापछि तल्लो तहसम्म सर्वदलीय संयन्त्र बनाउन निर्देशन

सुनसरी घटनापछि तल्लो तहसम्म सर्वदलीय संयन्त्र बनाउन निर्देशन
New Office

 

काठमाण्डौ ।  सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थापछि राजनीतिक दलहरूले प्रदेश, जिल्ला र स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र गठन गरी तत्काल संवाद सुरु गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले समाजमा शान्ति, सामाजिक सद्भाव र नागरिकबीच विश्वासको वातावरण कायम गर्न केन्द्रको पहल मात्र पर्याप्त नहुने निष्कर्ष निकालेको हो।

बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपिलमा सबै राजनीतिक दलका प्रदेश, जिल्ला र स्थानीय तहका समितिलाई सक्रिय बनाई तत्काल सर्वदलीय बैठक आयोजना गर्न भनिएको छ।

बैठकले स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज, स्थानीय प्रशासन तथा सरोकारवाला पक्षसँग समन्वय गरी तनाव न्यूनीकरण र सामाजिक सद्भाव कायम गर्ने अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

हालै सुनसरीलगायतका जिल्लामा विकसित संवेदनशील घटनाक्रमलाई ध्यानमा राख्दै विवाद र असमझदारीलाई स्थानीय स्तरमै संवादका माध्यमबाट समाधान गर्नुपर्ने बैठकको निष्कर्ष छ।

सर्वदलीय बैठकले सामाजिक तथा धार्मिक विषयमा उत्तेजक अभिव्यक्ति नदिन, अफवाह फैलिन नदिन र सम्भावित द्वन्द्व रोक्न राजनीतिक दल तथा स्थानीय नेतृत्वलाई जिम्मेवार भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ।

बैठकले शान्ति र सद्भाव कायम राख्ने अभियानलाई केन्द्रबाट मात्र नभई वडा र समुदाय तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै स्थानीय संयन्त्रलाई नियमित बैठक, सूचना आदानप्रदान र तत्काल समन्वयमा सक्रिय बनाउन निर्देशन दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.