मंगलवार, श्रावण १९,२०८३ 04:10:41
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:10:41
Bizshala
Global IME Bank Limited

कप्तानगञ्जको अवस्था सामान्य बन्दै, सरकारी छानबिन टोली घटनास्थलमा

कप्तानगञ्जको अवस्था सामान्य बन्दै, सरकारी छानबिन टोली घटनास्थलमा
New Office

 

काठमाण्डौ ।  सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न तनाव क्रमशः साम्य बन्दै गएको छ।

स्थानीय प्रशासनले सुरक्षा व्यवस्था सुदृढ बनाएसँगै सरकारी छानबिन समिति, जिल्ला सुरक्षा समिति र प्रशासनको संयुक्त टोली घटनास्थलमा पुगेर यथार्थ विवरण संकलन थालेपछि अवस्था पहिलेको तुलनामा शान्त बनेको हो।

टोलीले घटनाका मृतक तथा घाइतेका परिवार, स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी र अन्य सरोकारवाला पक्षसँग भेटघाट गरी घटनाको पृष्ठभूमि, सुरक्षा निकायको भूमिका र त्यसपछि विकसित परिस्थितिबारे जानकारी लिइरहेको छ।

घटनास्थलमा सुरक्षा निकायको उपस्थिति कायम राखिएको छ भने सम्भावित तनाव दोहोरिन नदिन स्थानीय प्रशासनले निगरानी र समन्वयलाई निरन्तरता दिएको छ।

छानबिन टोलीले संकलित विवरण, प्रत्यक्षदर्शीका बयान र घटनासँग सम्बन्धित अन्य प्रमाणका आधारमा प्रतिवेदन तयार गर्ने बताइएको छ।

स्थानीयस्तरमा संवाद र समन्वय बढेसँगै जनजीवन पनि विस्तारै सामान्यतर्फ फर्किन थालेको छ। यद्यपि प्रशासनले संवेदनशीलता कायम रहेकाले अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.