सोमबार, श्रावण १८,२०८३ 03:27:58
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:27:58
Bizshala
Global IME Bank Limited

सप्तरीमा नवनिर्मित सबस्टेसन सञ्चालनमा

सप्तरीमा नवनिर्मित सबस्टेसन सञ्चालनमा
New Office

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३÷११ केभी, ६÷८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ । बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

करिब १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी लाइनसमेत निर्माण गरिएको छ । नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै खड्क नगरपालिका तथा सुरुंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुरलगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नयाँ सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा हुने अवरोधको समस्या उल्लेखनीय रूपमा घट्नेछ । यसले भोल्टेज प्रोफाइल सुधार गर्नुका साथै उपभोक्तालाई थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विश्वास लिइएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेस प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधारतर्फ यो महत्वपूर्ण उपलब्धि भएको बताए । उनले विद्युत् उत्पादन वृद्धि मात्र सरकारको उद्देश्य नभई उत्पादन भएको विद्युत् प्रत्येक घरपरिवार, उद्योग तथा व्यवसायसम्म गुणस्तरीय र भरपर्दो रूपमा पुर्याउने सरकारको प्राथमिकता रहेको उल्लेख गरे।

मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासालाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता निरन्तर रहने स्पष्ट पारे ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.