काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नगद लाभांश वितरण गरेको छ।
कम्पनीले गत पुस २० गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० का लागि पारित ५ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने कर समेत) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा पुस २९ गतेदेखि उक्त नगद लाभांश जम्मा गरेको जनाएको छ ।
भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।