सोमबार, श्रावण १८,२०८३ 02:23:03
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:03
Bizshala
Global IME Bank Limited

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन एभरेष्ट  इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
New Office

काठमाण्डौ । हिमालयन एभरेष्ट  इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज(माघ ११ गते) अन्तिम दिन रहेको छ ।  

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

 माघ १२ र १३ गते सेयर कारोबार नहुने भएकाले आजसम्म कायम सेयरधनी कम्पनीको लाभांशका लागि योग्य  हुनेछन् ।  

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । उक्त लाभांश कम्पनीको आगामी माघ २५ गते आयोजना हुने साधारण  सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.