काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यस दिन चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।