सोमबार, श्रावण १८,२०८३ 02:23:38
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:38
Bizshala
Global IME Bank Limited

सरकारको प्राथमिकतामा पर्‍यो पूँजीबजार, यसअघिका सुझावलाई कार्यान्वयन गरिने

सरकारको प्राथमिकतामा पर्‍यो पूँजीबजार, यसअघिका सुझावलाई कार्यान्वयन गरिने
New Office

काठमाण्डौ । सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट आज संसदमा नीति तथा कार्यक्रममा पेश गर्दै पूँजीबजारलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।  

राष्ट्रपतिले पूँजी बजार सुधारका लागि यसअघि भएका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने समेत बताए ।  

राष्ट्रपतिले भने,‘नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइनेछ। बैंक तथा वित्तीय संस्था, लघुवित्त र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गरिनेछ’ ।

यस्तै छरिएर रहेका साना पूँजीलाई एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग–कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ राष्ट्रपतलिे बताए ।  

‘छरिएर रहेका साना पुँजीलाई एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग–कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको’, उनले भने । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.