आईतवार, कार्तिक ८,२०८३ 01:42:12
  • आईतवार, कार्तिक ८,२०८३ 01:42:12
Global IME Bank Limited

नर्भिक हस्पिटल र एनवाईईएफबीच सम्झौता, सदस्य तथा परिवारले उपचारमा छुट पाउने

Bizshala
नर्भिक हस्पिटल र एनवाईईएफबीच सम्झौता, सदस्य तथा परिवारले उपचारमा छुट पाउने
New Office

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड र नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)बीच स्वास्थ्य सेवा प्रवाहमा सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार एनवाईईएफका कर्मचारी तथा सदस्यले नर्भिकमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत पाउनेछन्।

अस्पतालले एम्बुलेन्स, आइपिडी, ओपिडी, आकस्मिक तथा आपतकालीन सेवा, ट्रमा लगायतका सेवामा छुट उपलब्ध गराउने जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, एनवाईईएफका सदस्य तथा कर्मचारीका परिवारअन्तर्गत बुबा, आमा, पति–पत्नी र दुई जना बालबालिकाले समेत सहुलियत पाउनेछन्।

सम्झौताअनुसार अस्पतालको बेड चार्ज, प्याथोलोजी, रेडियोलोजी सेवा तथा कस्टुमाइज हेल्थ प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुनेछ। फार्मेसी सेवामा भने ५ प्रतिशत छुट दिइनेछ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यी सुविधा लिन एनवाईईएफका कर्मचारी तथा सदस्यले संस्थाको आधिकारिक परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.