मंगलवार, श्रावण १३,२०८२ 08:40:55
  • मंगलवार, श्रावण १३,२०८२ 08:40:55
Global IME Bank Limited

बैंकिङ प्रणालीमा देखिन थाल्यो अधिक तरलता, एक सातामै ११ अर्बले बढ्यो निक्षेप संकलन

Hyundai Nepal
बैंकिङ प्रणालीमा देखिन थाल्यो अधिक तरलता, एक सातामै ११ अर्बले बढ्यो निक्षेप संकलन
Shivam Cement

काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ १ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत वैशाख २५ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ७५ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो । यसरी बैंकिङ प्रणालीको निक्षेप १० दिनको अन्तरालमा ११ अर्ब रुपैयाँले बढेको छ ।  

वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ । वैशाख २५गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ६१ अर्ब रहेको थियो ।  

Muktinath Bikas Bank Limited

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।  निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको हो ।  

गत वैशाख २५ गतेसम्म ५१ खर्ब ११ अर्ब रहेको कर्जा प्रवाह १ अर्बले घटेर जेठ १ गतेसम्म ५१ खर्ब १० अर्ब रुपैयाँमा सीमित भएको छ छ । सीडी रेसियो  ८०.३९ प्रतिशतबाट घटेर ८०.३५ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने स्थिर २.७८ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.