सोमबार, श्रावण १८,२०८३ 02:03:02
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:03:02
Bizshala
Global IME Bank Limited

कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण, भन्छन्,‘उजुरीको भरमै थुनिहाल्नु हुँदैन’

कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण, भन्छन्,‘उजुरीको भरमै थुनिहाल्नु हुँदैन’
New Office

काठमाण्डौ । सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । यी ३ वटै संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।  

‘कानून विपरीत काम गरेको प्रमाणित भएमा जो कोहीपनि कारवाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौं । ’ विज्ञप्तीमा उल्लेख छ ।  

विज्ञप्तीमा विगत देखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौकादिनु पर्ने भन्दै आइरहेका र उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनु पर्ने उल्लेख गरिएको छ ।

‘आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारवाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह पनि गरिएको छ । यस अवस्थामा कहीँकतैबाट पनि व्यावसायिक वातावरण खल्बलिनदिनु हुँदैन भन्ने हाम्रो सुझाव रहन्छ । कुनै पनि व्यवसायीको मानमर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन । अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ ।’ विज्ञप्तीमा जनाइएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.