• शुक्रबार, भाद्र २७,२०८२ 02:46:55
Global IME Bank Limited

बिटक्वाइनको मूल्यमा उछाल, विश्व सेयर बजारमा के भयो ?

Hyundai Nepal
बिटक्वाइनको मूल्यमा उछाल, विश्व सेयर बजारमा के भयो ?

काठमाण्डौं । विश्व बजारमा आज बिट्क्वाइन(बीटीसी) एकैदिन करिब ३.७५ प्रतिशत बढेर ४१ हजार डलर माथि कारोबार भएको छ ।  

यो समचार तयार पार्दासम्म बीटीसीमा तीब्र उत्तारचढाव भएको छ । यसअघि यस बर्ष जनवरी ११ मा नै बीटीसी प्रति क्वाइन ४८ हजार माथि पुगेको थियो । त्यहाँबाट खसेर जनवरी २३ मा ३८ हजार पुगेकोमा आज फेरि बढेर ४१ हजार डलरमाथि पुगेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

योसँगै विश्वबजारमा इथेरियम, लाइटक्वाइन, बीटीसी क्यासको मूल्य पनि करिब डेढ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

विश्वबजारमा नै आज सुनको मूल्यमा बढोत्तरी कायमै रहेको छ । आज सुन प्रतिऔंस २०२३ डलरमा कारोबार भएको छ ।  

उता, एसियाको सेयर बजारमा आज मिश्रित अवस्था देखिएको छ । जापान र हङकङको बजारमा गिरावट देखियो भने दक्षिण कोरिया र चीनको सेयर बजारमा बढोत्तरी देखियो ।  

अमेरिकी बजारमा डाउ जोन, एस एण्ड पी ५००, नेस्डेकमा पनि बढोत्तरी देखियो ।  

युरोपियन बजारमा पनि आज हरियाली छाएको छ । जर्मनको ड्याक्स, फ्रान्सको क्याक, लण्डनको फुट्सी १००, इटलीको फुट्सी मिबमा पनि बढोत्तरी आएको छ ।  

(नोट: नेपालबाट भर्चुअल करेन्सीमा लगानी अबैधानिक हो।)

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.