सोमबार, श्रावण १८,२०८३ 02:22:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:22:49
Bizshala
Global IME Bank Limited

नेशनल लाईफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  कम्पनीले भैरहवा स्थित होटल टाईगर प्यालेसमा उक्त कार्यक्रम सम्पन्न  गरेको हो ।  

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले शुभारम्भ गरेको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा, माला र सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।  

तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका ४ जना सीओटी र ८३ जना एमडीआरटी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।  

समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीको लागि योग्य हुनु अभिकर्ताहरुको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गरे । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी उनले दिए ।  

समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवं ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती प्रस्तुत गरेका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.