सोमबार, श्रावण १८,२०८३ 02:22:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:22:28
Bizshala
Global IME Bank Limited

पर्यटनमन्त्री तामाङद्वारा चाइना साउर्दनका क्याबिन क्रुहरूलाई स्वागत, दैनिक २ उडान सुरु

पर्यटनमन्त्री तामाङद्वारा चाइना साउर्दनका क्याबिन क्रुहरूलाई स्वागत, दैनिक २ उडान सुरु
New Office

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले चाइना साउर्दन एयरलाईन्सकाका प्रतिनिधिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

शनिबार मन्त्री तामाङ र चाइना साउर्दन विमान कम्पनीको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाण्डौ उडानको आधिकारिक थप उडानको क्याबिन क्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

उक्त अवसरमा मन्त्री तामाङले आगामी दिनमा चाइना साउर्दन विमानको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री तामाङ र चाइना साउर्दन एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाण्डौ उडानको आधिकारिक थप उडानको  क्याविन क्रुहरूलाई विमानस्थलमा स्वागत गरेका हुन् ।  

चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा आफ्नो उडान थपेको छ । हाल ग्वान्जाओबाट काठमाण्डौ गन्तव्यमा हरेक दिन एउटा उडान गरिरहेको साउदर्न एयरलाइन्सले शनिबारदेखि दिनमा दुई वटा उडान सुरु गरेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार चाइना साउदर्न एयरलाइन्सको जहाज शनिबार दिउँसो काठमाण्डौ विमानस्थलमा अवतरण भई यहाँबाट यात्रु लिएर ग्वान्जाओ उडेको छ । उक्त एयरलाइन्सले कोभिड –१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएकोमा महामारीका कारण एक उडान कटौती गरेको थियो । कटौति भएको उडान आजदेखि पुनः सुचारु गरेको हो । ग्वान्जाओबाट काठमाण्डौ दिउँसो २ बजे अवतरण हुने जहाज काठमाण्डौबाट ३ बजे ग्वान्जाओका लागि उडान भर्नेछ । त्यस्तै राति ११ बजे काठमाण्डौ आएर १२ बजे ग्वाञ्जाओ फर्किने उडान तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

योसहित चीनका चार एयरलाइन्सले काठमाण्डौ गन्तव्यमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इन्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्छन् । चीनबाट उडान बढेसँगै चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.