काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट थापालाई सीईओ नियुक्ति गरेको हो ।
थापालाई बीमा ऐन, २०७९ को दफा ५७ बमोजिम सीईओ पदमा चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनलाई जेठ १८ गतेदेखि लागू हुनेगरी नियुक्ति गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।