काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.९१ प्रतिशत अर्थात २१.२१ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३४७.२६ डलरमा कारोबार भईरहेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस १ प्रतिशत अर्थात ०.३१ डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.७१ डलर पुगेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।